२९ आश्विन २०८३, बिहिबार

हतियारसहित पक्राउ गरिएका तरुण दल नेता शाहलाई ५ बर्षको जेल सजाय मागसहित मुद्दा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । हतियारसहित कोहलपुर प्रहरीले पक्राउ गरेका नेपाल तरुण दलका बाँके सभापति सन्दिपजंग शाहसहितलाई हात हतियार खरखजाना मुद्दामा ५ बर्ष जेल सजाय मागसहितको मुद्दा जिल्ला अदालतमा शुक्रबार दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले उक्त मुद्दा दर्ता गरेको हो । प्रहरीले रायसहितको प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालय अध्ययन गरेर उक्त माग गरेको हो । सोही विरोधमा तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गरेको थियो ।

१४ कात्तिकमा पक्राउ गरिएका शाहसहित चार जनालाई मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।