सिरहा, २९ कात्तिक । नेपाली भू–भाग मिचेको विषयलाई लिएर सिरहाको लहान नगरपालिकामा बुधबार भारत सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।
नेविसंघ जिल्ला कार्समिति सिरहाका सभापति शीतलप्रसाद चौधरीको अगुवाईमा लहानमा विराेध जुलुस भएको हाे ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सीमा मिचिएका मुद्दालाई लिएर देशभर आन्दोलन हुँदा सिरहा, सप्तरी, धनुषा, महोत्तरी लगायत देशका विभिन्न जिल्लाहरूमा विभिन्न पार्टीको भातृ संगठन को विद्यार्थी आन्दोलनमा और्लिएका छन् ।













प्रतिक्रिया