– विजय थापा
डिसी, अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको नेतृत्व स्थापना काल देखि हाल सम्म ४ जनाले नेतृत्व प्रदान गर्ने अवसर पाएका छन् ।
एनआरएन एनसीसी युएसएका संस्थापक अध्यक्ष सुमन तिम्सिना हुन भने दोस्रो नेतृत्व प्रदान गर्ने अवसर प्रल्हाद केसीले पाए । यसै गरि शिव कुमार राईको कार्यकाल समाप्ति पछि खगेन्द्र जिसी एनआरएन अमेरिकाका निर्वाचित अध्यक्ष भएका थिए ।
अध्यक्ष खगेन्द्र जिसी को नेतृत्वमा एनआरएन एनसीसी अमेरिका अग्रगामी दिशामा लम्की रहेको छ । विश्वको सबै भन्दा ठुलो एनआरएन सदस्य भएको मुलुक अमेरिका बन्यो । स्थापनाकाल देखि नै निक्कै हण्डर खेप्दै विभिन्न खुड्किला पार गर्दै यो अवस्था सम्म आई पुगेको छ । एनआरएन स्थापना कालदेखि वर्तमान नेतृत्वलाई हामीले केहि जिज्ञाशा राखेका थियौ ।
संस्थापक अध्यक्ष देखि वर्तमान अध्यक्षलाई समेत समेटेर तयार पारिएको केहि जिज्ञासालाई उहाँहरुले दिएको जवाफ, सुझाब र बिचारहरु यसप्रकार छन् :-
– के एनआरएन अमेरिका सहि मार्गमा गै रहेको छ त ?
पूर्व अध्यक्ष सुमन तिम्सिना : एनआरएन अमेरिका सहि चलि रहेको छ, गतिले अझै फड्को मार्न सकेको छैन् । चुनौतीहरु धेरै छन् ।
पूर्व अध्यक्ष प्रल्हाद केसी : बिगत भन्दा राम्रो अवस्थामा देखिएको छ तर अलिक समय पर्खनु पर्छ । अझ पनि संस्थागत विकासमा जोड दिनु जरुरी छ । सबैमा खुशीको लहर देखिएको छ तर काम निक्कै गर्नुपर्छ ।
पूर्व अध्यक्ष शिव कुमार राई : अग्रगामी दिशामा राम्रो गतिमा चलि रहेको छ । ६/७ महिना अगाडी गाडी चल्न सुरु भएको हो । सहि दिशामा कुदी रहेको तर गन्तव्यमा पुगी सकेको छैन ।
वर्तमान अध्यक्ष खगेन्द्र जिसी : संस्था सानोबाट ठुलो हुदैछ, कार्य सुची बढी रहेको छ । एनआरएन अमेरिका बलियो हुदैछ । हामीसंग अल्पकालिन र दिर्घकालिन उदेश्यहरु छन् । समिति तथा उपसमिति बनि रहेका छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको तथ्यांकको काम भै रहेको छ । शैक्षिक क्षेत्रमा पनि काम भै रहेको छ । स्थानीय तह तथा राज्यहरुका संगठनहरुलाई अझ मजबुत बनाउने काम भै रहेकोले वर्तमान अवस्थामा राम्रो गतिमा गै रहेको मान्नु पर्छ जस्तो लागेको छ ।
– गैर आवासीय नेपालीले एनआरएन संस्थालाई कसरि हेरी रहेका छन् ?
पूर्व अध्यक्ष सुमन तिम्सिना : गैर आवासीय नेपालीले एनआरएनलाई सकारात्मक लिएको छ । राष्ट्रिय संस्थाको रुपमा हेरी रहेको र सदस्यहरुलाई संस्थाको उद्देश्यका बारेमा शिक्षा दिनु अत्यन्तै जरुरी छ । यसो गरेमा अझ संस्था प्रति झुकाव बढ्ने विश्वास रहेको छ ।
पूर्व अध्यक्ष प्रल्हाद केसी : स्थापना कालदेखि नै आफु आबद्ध भएकोले प्रारम्भिक चरणमा विश्वास दिलाउन कठिन अवस्था थियो । जग राम्रो बसी सकेको थिएन । संस्थागत विकास भएको थिएन । भर्खर यसको संस्थागत विकास हुदै गएको छ । अन्तर राष्ट्रियको छबि वृद्धिसंगै एनआरएन अमेरिकाको पनि वृद्धि हुदा यो संस्था प्रति झुकाव व्यापक वृद्धि हुन् गएको छ ।
अमेरिकामा छाता संगठनको खोजि भै रहेका गैर आवासीय नेपालीले यो संस्था नै सबैको सांझा हुन् सक्छ भन्ने विश्वास जागेको पाईएको छ । यहि संस्थाले अमेरिकामा नेतृत्व लियोस भन्ने चाहना रहेकोले गरिमामय संस्थाको रुपमा लिइएकोले राम्रो दृष्टिले सबैले हेर्छन ।
पूर्व अध्यक्ष शिव कुमार राई : यो संस्था गैर धार्मिक, गैरराजनीतिक भएकोले सबै नेपालीको हितको लागि लड्न सक्ने एक मात्र संस्था एनआरएन हो भन्ने परेको छ ।
वर्तमान अध्यक्ष खगेन्द्र जिसी : सबैलाई समेटेर लान सक्ने, सदस्यहरुको हित र कल्याण हुने काम गर्न सक्ने संस्था एनआरएन हो भन्ने परेको र यथार्थता सत्य पनि हो । नेपाल सरकारले एनआरएन लाई मान्यता दिएको कारण यो संस्था प्रति झुकाव बढेको छ ।
– आफ्नो कार्यकालमा उल्लेखनीय एउटा कुनै काम भएको छ भने उल्लेख गरिदिनु हुन्छ कि ?
अध्यक्ष सुमन तिम्सिना : संस्थाको उद्देश्य बारे सबैमा ज्ञानको ज्योति फैलाउनु अति आवश्यक पर्छ त्यो नभई सदस्य वृद्धि हुन् सक्दैन । आफ्नो कार्यकालमा यसलाई महत्वका साथ अघि बढाईएको भन्दै आफ्नो नेतृत्व कालमा बिभिन्न शहर तथा राज्यहरुमा नगर सभागृह बैठक गराइएको नै महत्वपूर्ण काम भएको जस्तो लागेको छ । यसका अतिरिक्त अन्य पनि काम भएका छन् ।
पूर्व अध्यक्ष प्रल्हाद केसी : आफ्नो नेतृत्वकालमा सबै भन्दा उल्लेख्य काम भनेको एनआरएनको इतिहासमा बाग्मती सरसफाई अभियान बृहत कार्यक्रम, नेपाली राजदुतावास वाशिंगटन डिसीमा एनआरएन नेपाल डेस्कको विस्तार तथा अमेरिकाको एक जुत्ता कारखानाले बुद्धको तस्बिरलाई जुत्तामा राखी दिँदा गरेको पहल र बुद्धको तस्बिरलाई जुत्ता बाट हटाउन लगाईएको जस्ता महत्वपूर्ण काम गरेको छु ।
पूर्व अध्यक्ष शिव कुमार राई : पहिले पहिले केहि व्यक्तिका मुट्ठीमा संस्था हुन्थ्यो भने आफ्नो पालामा सबैको लागि ढोका खोली दिएको हु । पहिलो पटक प्रजातान्त्रिक प्रणाली अन्तर्गत निर्वाचन गराएको छु ।
वर्तमान अध्यक्ष खगेन्द्र जिसी : आफैले गरेको कुरा चर्चा गर्दा राम्रो हुदैन कि भन्दै त्यो सबैले देखेको चर्चा गदै छोटो समयमा १२ हजार सदस्यता पुग्नु र विश्वकै सबै भन्दा ठुलो सदस्य भएको मुलुक बन्नु नै अहोभाग्य हो । यस्ता अनेकौ कामहरु भै रहेको छ ।
– भावी नेतृत्वले कुन कुरालाई सम्बोधन गरोस भन्ने चाहना राख्नु हुन्छ ?
पूर्व अध्यक्ष सुमन तिम्सिना : एक शब्दमा चर्चा गर्दै अविरल रुपमा सफल योजना बनाउने र यो कुरालाई सम्बोधन होस् भन्ने चाहना राखेको छु ।
पूर्व अध्यक्ष प्रल्हाद केसी : सबैलाई समेट्ने, दुर दृष्टि भएको, एनआरएनको दर्शन र उद्देश्य अनुसार संस्था चलाउन कुशल र यो कुरालाई भावी नेतृत्वले सम्बोधन गरोस भन्ने चाहन्छु ।
पूर्व अध्यक्ष शिव कुमार राई : भावी नेतृत्वले एनआरएन तथा देशको विकासलाई सम्बोधन गरोस भन्न चाहना राखेको छु ।
अध्यक्ष खगेन्द्र जिसी : आफ्नो नेतृत्व प्रति अत्यन्तै सन्तुष्ट छु । कालान्तरमा म भए पनि नभए पनि मेरो संस्थालाई पूर्ण समर्थन हुने छ । एनआरएन प्रति कृतज्ञता छु आगामी नेतृत्वले पहिचानका सवालमा तथा सन्ततिलाई समेट्ने प्रकारका योजनाहरुका बिषयमा सम्बोधन होस् भन्ने चाहना छ ।















प्रतिक्रिया