३० आश्विन २०८३, शुक्रबार

सांस्कृतिक कार्यक्रमको लागि गायक विमलराज क्षेत्री बार्सिलोना आउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बार्सिलोना । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा अत्यन्तै रुचाइएका राष्ट्रिय कलाकार विमल राज क्षेत्री स्पेनको रमणीय सहर बार्सिलोनामा आउने भएका छन् ।

विगत दुई दशकदेखि नेपाली लोकदोहोरी गीत संगीत जगतमा आफ्नो समय खर्चेर सक्रियताका साथ लागिरहेका छेत्री पर्बत समाज स्पेनको आयोजनामा यहि आउदो २३ तारिख शनिबारको दिन सिल्सिल्या हलमा हुन गैरहेको दोस्रो अधिबेसन तथा बृहत सांस्कृतिक कार्यक्रमको लागी आउने भएका हुन् ।

२०५६ सालबाट औपचारिक रुपमै कलाकारितामा प्रबेस गरि डीबी गुरुङको एल्बम लोक गीत नब्बे सालको भुँईचालोमा, जाउन माया जाउ” बोलको गीतमा पहिलो पटक गुरुङले गीत गाउने अवसर दिएका थिए ।

सोहि क्रममा आफुलाई कलाकारिता क्षेत्रमा स्थापित गर्ने हेतुले निरन्तर लागिरहे का क्षेत्रीले २०५७ सालमा, लुम्ले काडे जाउँ बोलको एल्बम प्रसान्ती बाबा क्यासेट सेन्टरबाट बजारमा ल्याएर चौतर्फी चर्चा पाए संगै २०५९ सालमा आफ्नै संकलनमा अर्को सुपरहिट बल्लै भो भेट गीत गाएर स्थापित बनेका हुन् ।

पृथक आवाज र फरक शैलिमा गाउने कलाले पोख्त गायक क्षेत्रीको आवाजमा रहेका धेरै गीतहरुले नेपाली सांगीतिक बजारमा चर्चा परिचर्या बटुलीसकेका छन् ।

उनै लोकप्रिय गायक क्षेत्रीले बार्सिलोनामा रहेका नेपालीहरुलाई मनोरंजन दिनको लागी आउने भएको पर्बत समाज स्पेनका महासचिब अनन्त लामिछानेले बताए ।