२९ आश्विन २०८३, बिहिबार

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्दार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार बैँकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहक महानुभावले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवास सम्बन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने व्यहोरा प्रेस विज्ञप्तीमा उल्लेख छ ।