
काठमाडौं । मुलुकमा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले मिचेको विरुद्धमा मुलुकमा आन्दोलन, बहस र कुटनीतिक पहल भइरहेका बेला गायक प्रेमराजा महत राष्ट्रिय गीत बोकेर नेपाल आएका छन् ।
उनको गीतको बोल नै ‘आयो नेपाली’ छ । ‘नेपालमा आपत पर्दा विश्वभर छिरेका नेपाली जति बेला पनि देशका लागि आउन सक्छन् भन्ने मेरो भाव हो’, महत भन्छन्,‘अहिले देश दुखेका बेला मैले नेपाली मन मनको भावना जगाउनका लागि यो भिडियो बाहिर ल्याएको छु ।’
यो गीतलाई नेपाली सेनाको योगदानमा समर्पण गरी महतले निकालेका हुन् । शव्द, संगीत स्वर पनि आफैं भरेका महत भन्छन्,‘नेपालीलाई जहाँ बसे पनि नेपाल दुख्दो रहेछ । त्यसैले जस्तोसुकै विपद होस् वा सीमा मिचिएका विषय नेपालीलाई दुख्छ ।’
यहि सन्दर्भमा महतको यो गीत आएको हो । बीबी अनुरागीले संगीत संयोजनको काम गरेको भिडियोको सम्पादन मिराज अर्यालले गरेका छन् ।













प्रतिक्रिया