३ कार्तिक २०८३, मंगलबार

समाजवादी पार्टीको संघीय परिषद्को बैठक बस्दै, सरकारमा रहने वा बाहिरिने मुख्य एजेण्डा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक ।  एकीकरणपछि पहिलो पल्ट समाजवादी पार्टीको संघीय परिषद्को बैठक बिहीबार बस्दै छ।

सरकारबाट बाहिरिने र राजपासागको एकीकरण वार्तालाई संघीय परिषद्ले छलफल गरी केन्द्रीय समिति बैठकको एजेन्डामा रुपमा पेस गर्ने तयारी गरेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बस्ने संघीय परिषद् बैठकको अध्यक्षता डा.बाबुराम भटराईले गर्ने छन् भने शुक्रबार र शनिबार बस्ने केन्द्रीय समिति बैठकको अध्यक्षता उपेन्द्र यादवले गर्दैछन्।

बैठकमा पेश हुने एजेन्डाका बारेमा शीर्ष नेता तथा पदाधिकारीबीच बुधबार अवेरसम्म छलफल भएको थियो। प्रदेश प्रमुखको दाबेदारीमा रहेको समाजवार्दी पार्टीलाई नेकपाले भाग नदिएपछि समाजवादीले सरकार छाड्ने बताउदै आएको छ ।

आजको बैठकमा सरकार छाड्ने वा सरकारमा बसिरहने भन्ने विषय मुुख्य रहने बताइएको छ ।