३० आश्विन २०८३, शुक्रबार

१९ वर्षीया किशाेरीको हत्या भएपछि सिक्किम आक्रोषित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । पूर्व सिक्किमको माछोङमा भएको हत्याको अपराधको विरोधमा राज्यमा व्यापकरूपमा विरोध शुरु भएको छ ।

विद्यार्थी तथा युवाहरू सडकमा उत्रिएका छन् । यसै क्रममा बुधबार राज्यका विभिन्न महाविद्यालय अनि सिक्किम विश्वविद्यालयका विद्यार्थीले राजधानीमा विरोध प्रदर्शन गरेका हुन् ।

एसआरसी र सुसाको ब्यानरमा भेला भएका विद्यार्थीहरूलाई विरोध प्रदर्शन गर्न राज्य प्रसाशनले अनुमति नदिएपछि आक्रोषित विद्यार्थीहरू अचानक एमजी मार्गमा भेला भएका थिए ।

सयौंको संख्यामा भेला भएका विद्यार्थीले एमजी मार्गदेखि शान्तिपूर्वक राष्ट्रिय राजमार्ग हुँदै जिल्लापाल कार्यायलय अघिसम्म ऱ्याली गरेका थिए ।

जिल्लापाल कार्यालयअघि भेला भएका विद्यार्थीले दोषीलाई चाँडोभन्दा चाँडो सजाय दिनुपर्ने सजाय दिनुपर्ने माग गरेका छन् ।

विद्यार्थीको नेतृत्व गर्दै जिल्लापाल कार्यालयअघि पुगेका ललित पोख्रेलले दिएको जानकारी अनुसार आगामी पाँच दिनभित्रमा अपराधीलाई सजाय दिनुपर्ने माग राखेका छन् ।

उनीहरूले पाँच दिनभित्रमा सम्बन्धित पक्षले अपराधीलाई सजाय नदिए सम्पूर्ण राज्यका युवा, विद्यार्थी सडकमा उत्रिने चेतावनी पनि दिएका छन् ।

गत ८ नोभेम्बरको दिन घटेतो घटनाको छानविन हुन ढिलो भएपछि अचानक युवा विद्यार्थी सडकमा उत्रिएका हुन् ।

युवा नेता ललित पोख्रेलले पीढितको पक्षमा न्याय माग्दै ऱ्यालीको निम्ति अनुमति माग्न जाँदा प्रशासनले ऱ्यालीको निम्ति अनुमति नदिएर ४८ घण्टाको समय मागेको अनि यो राइट अफ एक्सप्रेसनको विरुद्ध रहेको बताएका छन् ।

यतिको अमानवीय घटना हुँदा पनि सिक्किमको नागरिक समाज भने केवल सामाजिक सञ्जालमा फेसबुकमा मात्र धेर सिमित रहेको देखिएको छ ।

राजधानी परिसरमा रहेका मानिसहरूको राय लिँदा यस घटनाको छानविनमा ढिलो भएको र जो भएपनि दोषी विरुद्ध कडा कर्वाही गर्नुपर्न माग राखेका छन् ।

प्रसाशनिक हिसाबमा हो भने गएको शुक्रबार घटेको घटनाको अहिलेसम्म पनि छानविन नहुनु र अहिलेसम्म पनि अपराधि फेला नपर्नुमा सम्बन्धित निकायको ठूलो कम्जोरी पाइएको छ ।

शुक्रबार दिउँसो घटेको घटनामाथि बुधबारसम्ममा पनि कुनै निश्चित केरकार नहुनुमा पनि आपत्ति जनाइएको छ ।

प्राप्त जानकारी अनुसार सम्बन्धित पक्षमा छानविनको ढिलाई बारे जानकारी लिन जाँदा शनिबार र आइतबार छुट्टी रहेको कारण ढिला भएको बताएको भनाइ छ ।

दुई दिनको बिदा भएपनि कार्यालय लाग्ने ३ दिनमा अहिलेसम्म कुनै कारवाही नभएकोमा पनि मानिसहरू प्रशासनमाथि छड्के दृष्टिले हेरिरहेका छन् ।

यस घटनाको सम्बन्धमा हिजो पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले आफ्नो आधिकारिक फेसबुक मार्फत विरोध जनाएका थिए भने नाथाङ माछोङका विधायक तथा पूर्व मन्त्री डीटी लेप्चाले पनि यस घटनाको विरोधमा आफ्नो राय राखेका छन् ।