३० आश्विन २०८३, शुक्रबार

नयाँबानेश्वरमा प्रहरी र एमाओवादी मोर्चाका कार्यकर्ताबीच झडप, दर्जन बढी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baneshower-Jhadap-5

काठमाडौं, १६ फागुन । निधेषित क्षेत्रमा आन्दोलनकारीले प्रवेश गर्न खोजेपछि राजधानीको नयाँ वानेश्वरमा प्रहरी र आन्दोलनकर्ता एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।

एमाओवादी नेता नरायणकाजी श्रेष्ठको नेतृत्वमा तीनकुनेबाट निस्केको जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारीले प्रतिवाद गर्न खोज्दा मोर्चाका कार्यकर्ताको सुरक्षामा खटिएका प्रहरीसंग झडप भएको हो ।

झडपमा दर्जनबढी प्रदर्शनकारी घाइते भएका छन् । नयाँ बानेश्वरमा सरकारले निषेधित क्षेत्र भन्दै आवतजावतमा रोक लगाएको थियो ।

निषेधित क्षेत्रमा आन्दोलनकारीले प्रवेश गरेपछि प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेको छ । झडपमा दुवै पक्ष प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

टुँडिखेल स्थित खुलामञ्चतर्फ हिडेँको जुलुसलाई प्रहरीले तिनकुने स्थित वस स्पम्पमै रोकेपछि  झडपको स्थिति सृजना भएको थियो । स्थिति नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र लाठी चार्ज समेत गरेको थियो ।

अहिले पनि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त छ । स्थिति सामान्य बनाउन थप प्रहरी परिचालन गरिएको छ । झडपपछि आन्दोलनकारीले नारावाजी गरेका छन् । अहिले टुँडिखेल स्थित खुल्ला मञ्चमा एमाओवादी मोर्चाको कार्यक्रम सुरु भइसकेको छ ।