३ कार्तिक २०८३, मंगलबार

१४ नोभेम्बरदेखि सिक्कि मयुनाइटेड कप आरम्भ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक, २६ कात्तिक । सिक्किम क्रिष्टियन स्पोर्टस एसोसिएसनले आगामी १४ नोभेम्बरको दिनदेखि अन्तर चर्च फूटबल प्रतियोगिता सिक्किम युनाइटेड कप-को आयोजन गर्ने भएको छ ।

राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियममा हुने यस प्रतियोगितामा सिक्किम, दार्जीलिङ अनि कालेबुङका जम्मा २९ वटा टीमले भाग लिनेछन्। ‘प्ले फर ग्लोरी’- थिममा राखिएको यस प्रतियोगिताको फाइनल विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा आगामी ३० नोभेम्बरको दिन सम्पन्न हुने प्रतियोगिताका प्रमुख समन्वयक सुरेन राईले बताएका छन्।

प्रेस क्लब अफ सिक्किकमको सम्मेलन कक्षमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले खेलले मानिसको मस्तिस्कमा शुद्ध र सकारात्मक विचार ल्याउँछ भन्दै सिक्किममा घटिरहेका आत्महत्या, नशालु पदार्थ सेवन आदिको विरुद्धमा यस कार्यक्रमको आयोजन गरिएको बताएकाछन्। उनले फाइनलको दिन राज्यका चारै जिल्लाका चर्चहरूबाट मानिसहरू आउने पनि जानकारी दिएका छन्।

वर्ष २०१२ मा स्थापित सिक्किम क्रिष्टियन स्पोर्टसएसोसिएसनद्वारा आयोजन गरिने यो आठौं फूटबल प्रतियोगिता हो। आयोजक समितिमार्फत सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिता आयोजनको मुख्य उद्देश्य गाउँ तथा शहरहरूमा लुकेर बसेका प्रतिभाहरूलाई मञ्च प्रदान गर्नु हो।

प्रतियोगिमा भाग लिने टोलिहरूमा राज्यस्तरीयस राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अनि क्रष्ट्यन कम्यूनिटीदेखी बाहिरका पाँच जना सदस्यहरूलाई पनि समावेस गर्न सकिने बताइएको छ। आयोजक पक्षले एउटा टोलीमा पाँचजना सम्म अन्तर्राष्ट्रिय खेलाडीहरूले भाग लिन सक्ने पनि जानाएको छ।

एसोसिएसनले आयोजन गर्ने यस भव्य प्रतियोगिताको आयोजन समितिमा सिक्किम सरकारका मन्त्री लोकनाथ नेपाल मुख्य सल्लाहकार रहेका छन् भने मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य संरक्षक अनि अप्पर तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेल आयोजक समितिका सल्लाहकार रहेका छन्।

यस वर्षको प्रतियोगितामा आयोजक समितिले विजेता तथा उपविजेताको निम्ति नगद राशी पनि तोकिसकेको छ। आयोजक पक्षले तोकेको राशी अनुसार विजेता दललाई १ लाख ५० हजार रुपियाँ साथै आकर्षक ट्रफि अनि मेडल र उपविजेतालाई ५० हजार रुपियाँको नगद पुरस्कार साथै ट्रफि र मेडल प्रदान गरिनेछ ।

आयोजक समितिले उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई मेन अफ दी मेच, मेन अफ दी टुर्नामेण्ड जस्ता पुरस्कारले पनि पुरस्कृत गर्ने भएको छ।

पाल्जर स्टेडियममा हुने १४ नोभेम्बरको उद्घाटन खेल अगापे चर्च अनि बप्तिस्दा चर्चमाझ हुनेछ। उद्घाटनको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजन हुने पनि बताइएको छ।

यस दिन ख्यातिप्राप्त क्रिष्टियन गायक बीरेन दुग्लाबुङ, मेरिना राई, सन्तोष बहाईली, जेम्स एण्ड जोन आदिले आफ्नो प्रस्तुति दिनेछन् ।

यसरी नै ३० नोभेम्बरको दिन गायक इसाक क्षेत्री, एलबी बराईली, एञ्जीला मोक्तान अनि लेडिया राईले आफ्नो प्रस्तुती दिनेछन्। एसोसिएसनले प्रेस क्लब अफ सिक्किमको टोली अनि गान्तोकको भेट्रन फूटबलरहरूसँग मैत्री म्याच खेल्ने पनि निर्णय लिएको छ ।