काठमाडौं, २५ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमवार सचिवालय बैठक बाेलाएको छ ।
सरकारका मन्त्रीहरूकाे हेरफेर, उपनिर्वाचन, पार्टी एकताका बाँकी कामहरू पूरा गर्न सचिवालयकाे बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
आइतवार सचिवालय बैठक बस्ने सन्दर्भमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो ।
पार्टी एकता भएको १७ महिना पूरा भएपनि अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व टुंगो लाग्न सकेको छैन ।















प्रतिक्रिया