अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्राध्यापक डाक्टर खगेन्द्र लुइटेललाई प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषासाहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको विकासमा योगदान पुर्याए बापत उहाँ लाई सो पुरस्कार बाट सम्मानित गरेको हो ।
आईतबार अमेरिकाको वासिंटन डिसीमा आयोजना गरिएको अनेसास सर्वोत्कृष्ट पुरस्कार वितरण समारोहमा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले प्राध्यापक डाक्टर लुइटेललाई सो पुरस्कार प्रदान गरे ।
हरेक दुई वर्षमा प्रदान गरिदै आएको यो पुरस्कार २५ सय अमेरिकी डलरको छ । साहित्य क्षेत्रको यो सबैभन्दा ठूलो पुरस्कार हो ।
यो पुरस्कार को स्थापना साहित्यकार राम लामा अविनाषी ले व्यक्तिगत रूपमा गरेका थिए ।
यसअघि यो पुरस्कार २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोह मा साहित्यकार राम लामा अविनाषीको साहित्यिक कृति पिल्सिएको परदेशी मन पुस्तक सार्वजनिक गरियो ।
सो पुस्तक मा साहित्यकार लामाका नेपाली र अंग्रेज़ी भाषाका २६ वटा कविता संग्रहित छन् ।
यस संग्रहमा संग्रहित अधिकांश कविताका शीर्षक सार्थक र सामान्जस्यमूलक रहेका छन् ।
यस संग्रहको मूल शीर्षक पिल्सिएको परदेशी मन यसमा संकलित अधिकांश कविताको मूल मर्मलाई समेट्ने खालको छ ।















प्रतिक्रिया