२९ आश्विन २०८३, बिहिबार

लागूऔषध मुद्दामा फरार रहेका वडाध्यक्ष पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २४ कात्तिक । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आज बिहान घरबाटै पक्राउ गरेर काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र रु २५ हजार जरिवाना सुनाइएको थियो ।

रु ३० हजार धरौटीमा तारिखमा रिहा भएका तामाङ फैसलापश्चात् फरार रहँदै आएकाले पक्राउ गरेर अदातलको फैसला कार्यान्वयनका लागि नुवाकोट प्रहरीले टेकु प्रहरीको जिम्मामा काठमाडौँ पठाएको छ ।

तामाङ स्थानीय तहको निर्वाचनमा मेघाङ गाउँपालिकाको वडा नं. ५ मा वडाअध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएर निर्वा्चित भएका थिए । –रासस