काठमाडौँ, १६ फागुन । एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चाको कार्यक्रमका कारण शनिवार राजधानीको सवारी आवागमन प्रभावित भएको छ ।
कार्यक्रमलाई लक्ष्य गरी बिहान विभिन्न जिल्लाबाट राजधानी आएका कार्यकर्ताका कारण काठमाडौँका कलङ्की, तीनकुने, गौशालालगायत स्थानका मुख्य चोकमा बिहान ९ बजेदेखि चाप देखिन्थ्यो ।
सर्वसाधारणको चापलाई लक्ष्य गरी आवतजावत व्यवस्थापनका लागि बिहानैदेखि धेरै सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
राजधानीका मुख्य चोकमा मोर्चाका कार्यकर्ताको चाप रहेका कारण सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक महाशाखा ट्राफिक कन्ट्रोल कक्षका प्रहरी जवान गोविन्द गिरीले जानकारी गराउनुभयो ।
ट्राफिक व्यवस्थापन केही असहज भए पनि सवारी साधन सामान्य रुपमा नै चलिरहेको उहाँले जानकारी गराउनुभयो ।
















प्रतिक्रिया