२९ आश्विन २०८३, बिहिबार

रूप ज्योतिमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । उद्योगपति तथा पूर्व अर्थराज्यमन्त्री रूप ज्योतिलाई अदालतले अनुसन्धान गर्न पाँच दिनको म्याद थप्ने आदेश दिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतले म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

हाउजिङ कारोबारका नाममा ठगी गरेको आरोपमा उद्योगपति रुप ज्योति बिहीबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । विमानस्थलबाट उनीसँगै छोरी सुरुचीलाई पनि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालुवाटारका वीरेन्द्रमान श्रेष्ठलगायतलाई ज्योतीले बाँसबारीस्थित हाउजिङको फ्ल्याट एक करोड २६ लाख रुपैयाँमा पास गरिदिन्छु भनेर पैसा बुझेका थिए । सोही ठगी काण्डमा संलग्न भएको आरोपमा छोरीलाई पनि पक्राउ गरिएको प्रहरीको दावी छ ।