२९ आश्विन २०८३, बिहिबार

मुस्लिम समुदायले भैरहवामा भव्यताले मनाए पैगम्बर मुहम्मदको जयन्ती (फाेटाे फिचर)

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, २४ कात्तिक । मुस्लिम समुदायले आइतबार भैरहवामा पैगम्बर मुहम्मदको १४९४ औं जयन्ती भव्यताका साथ मनाएका छन् ।

आयोजक मदरसा अहाते सुन्नतका अनुसार उनीहरु सन् १९९१ देखि कार्यक्रम पैगम्बर मुहम्मदको जयंती मनाउँदै आएका छन् ।

जयन्तीको अवसरमा भैरहवामा र्‍याली निकालिएको हो ।

र्‍यालीमा विभिन्न मस्जिद, मदरसा, मुस्लिम संगठनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

र्यालीमा डुगहारा, गल्लामंडी, पक्लिहवा, खजहाना, खजुरिया, कठौटिया, उदयपुर, गोलीगढ़, चैनपुर, बसन्तपुर र बेनीपुर मदरसाका हजारौं व्यक्तिहरू धार्मिक झण्डा र तख्ताहरू लिएर भैरहवा बजार परिक्रमा गरेका हुन् ।