३० आश्विन २०८३, शुक्रबार

श्रीमान विदेशमा, श्रीमती ‘ग्रुप सेक्स’मा मस्त भेटिएपछि…

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex2

(बिर्तामोड) झापा, १६ फागुन । विदेशमा सामूहिक यौनक्रियाका विषयमा खुबै सुनिन्छ । इन्टरनेट र पत्रपत्रिकामा पनि पढ्न पाइन्छ । तर, नेपालमा समेत यस्तो क्रियाकलाप हुन थालेको रहस्योद्घाटन भएको छ । घटना हो झापाको ।

सामूहिक यौनक्रिया (ग्रुप सेक्स) मा संलग्नलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरी मिलेमतोमा सुटुक्क छोडेको रहस्य खुलेको हो ।

शुक्रबार बिहान १ बजेतिर प्रहरीले बिर्तामोड पश्चिम बस स्टेण्ड दक्षिणको एक घरमा डेरा बसेकी एक महिला र दुई पुरुषलाई पक्राउ गरेको थियो । तर, उनीहरुलाई प्रहरीले शुक्रबार दिउँसै छाडेको छ । प्रहरीले यस घटनालाई गुपचुप राखेको छ ।

प्रहरी स्रोतका अनुसार, युवाहरु राति मोटरसाइकलमा आएका थिए । घरधनीले प्रहरीलाई खबर गरेपछि राति १ बजे उनीहरु पक्राउ परेका हुन् ।

युवतीका श्रीमान बाहिर रहेको र युवतीले प्रहरीसँग ती युवकहरु आफ्नो पाहुना भएकाले खाना खान बोलाएको बाहना गरेको प्रहरी स्रोतले जनाएको छ । उनीहरु पक्राउ परेको घरछेउकी एक महिलाले भनिन्, ‘१ बजे राति कस्ता पाहुनालाई खाना खान बोलाइन्छ ?’

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयबहादुर राउतसँग बुझ्दा उनले हाँसेर टार्न खोजे ।