३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीद्वारा आफ्नै सचिवालयका सबैलाई राजीनामा गर्न निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २४ कात्तिक । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद र सचिवालयमा हेरफेर गर्ने भएका छन् ।

स्राेतका अनुसार ओलीले सचिवालयका सहयाेगी र कर्मचारीहरूलाइ राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

केही मन्त्रीका कामप्रति असन्तुष्टि जनाउँदै आएका ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्ने भएका हुन् ।

मन्त्रिमण्डन पुर्नगठन अगाडि ओलीले सचिवालयका सबै सदस्यलाई राजीनामा दिने आग्रह गरेकाे स्राेतकाे भनाइ छ ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका हुन् ।

सचिवाल सदस्यहरूले मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिने भएका छन् ।

प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार असगर अली, रामशरण बजगाइँसहितले राजीनामा दिने भएका छन् ।