२९ आश्विन २०८३, बिहिबार

तनहुँमा पहिचान नखुलेको दुई शव फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २३ कात्तिक । जिल्लाका छुट्टाछुट्टै ठाउँमा आज दुई शव फेला परेका छन् । आँबुखैरेनी र देवघाट गाउँपालिकामा एक पुरुष र एक महिलाको शव फेला परेको हो । उनीहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी नदी किनारमा महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

यस्तै देवघाट गाउँपालिका–५ स्थित गलेश्वर मन्दिरको छेउमा पुरुषको शव फेला परेको छ । दुवै जनाको पहिचान खुलाउन प्रयास भइरहेको लामिछाने बताउनुभयो । –रासस