
काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको भएकाले भारतसँग सम्वाद गर्न सुझाव दिएका छन् ।
भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेको छ । त्यसको नेपालमा चर्को विरोध भइरहेको छ । सरकारले पनि लिपुलेक नेपाली भूभाग भएको र एकपक्षीय रुपले भारतद्धारा जारी गरिएको नक्सा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
यसै विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी, लिपुलेक नेपालको भएकोमा एकमत प्रस्तुत गरेका छन् ।
त्यस्तै, सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर भारतसँग समयमै सम्वाद गर्न पनि नेताहरुले सरकारलाई सुझाव दिएका छन् ।













प्रतिक्रिया