-महेश सिंह
सिरहा, २३ कात्तिक । सिरहामा हरेक दृष्टिकोण पछाडी पारिएका समुदाय उकास्न र न्यायमा पहुँच पुर्याउन सुन्दर शान्त नेपाल परियोजनाको समिक्षा तथा कार्ययोजना माथिको सुझाव विषयक त्रैमासिक परामर्श बैठक सिरहाको लहानमा सम्पन्न भएको छ ।
समग्र जन उत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सिरहाको धनगढीमाई नगरपालिका र लहान नगरपालिका र जिल्लामा सकृय रूपमा रहेको महिला अधिकार कर्मीहरु, विभिन्न पार्टीका राजनीतिक दलका पार्टी प्रतिनिधिहरु, मानवअधिकार कर्मचारी, बुद्धिजिवी पत्रकार विभिन्न संस्थाहरुको प्रतिनिधिहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु संकलन गरेका हुन् ।
समग्र जन उथान केन्द्र लहानको अध्यक्ष भैरव गेलालको अध्यक्षतामा रहेको थियो भने समग्र जन उत्थान केन्द्रको परियोजना संयोजक देब राज पोखरेलले कार्यक्रम बारेमा समावेश विषय वस्तु प्रष्ट पार्दै सुझाव संकलन गरेका थिए ।
सिरहामा गरिब , सीमान्तकृत, सोशन दमनमा परेका समस्यादेखि बाल विवाह, दहेज पर्था, बोक्सी आरोप, नागरिकता, जन्म दर्ता, विवाह दर्ता लगायतका विभिन्न किसिमको समस्याहरु बाट समुदाय उकास्न निमुखा व्यक्तिहरुको अवाज बन्न यो कार्यक्रमको उदेश्य रहेको आयोजकले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति दिनेश्वर प्रसाद गुप्ताले भने जन प्रतिनिधिहरुको सेवा सुविधा नेपाल सरकारलाई दिनुपर्छ, नभए गरिबको छोरा छोरीले जन प्रतिनिधि बन्न सक्दैन ।
जन प्रतिनिधिहरुको बदमासी सुरु भएको छ देखिन्छ र जनता भनेको मौलिक अधिकारको कुरा उठाउँछ । त्यसको लागि जागरुक हुनु जरुरी छ । नेपालमा बालविवाह मन्त्रीहरुले गराउने गर्दछ र उनीहरुलाई कानुन लाग्दैन ।
दहेज पढेलेखेको व्यक्तिहरुले तन्काएको, कसिएको छ । दहेमा हिंसात्मक नहोस् भन्ने बताए । कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरुको सहभागीता रहेको थियो ।













प्रतिक्रिया