३ कार्तिक २०८३, मंगलबार

भरतपुर अस्पतालकाे भर्‍याङमा पुरुषको शव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २३ कात्तिक । चितवनको भरतपुर अस्पतालको भर्‍याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो ।

लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ । शुक्रबार राति करीब ८ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए ।

सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ । उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।