२९ आश्विन २०८३, बिहिबार

उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउँछ : अध्यक्ष दाहाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिप्लेढुङ्गा, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनले कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पु¥याउने बताउनुभएको छ ।

नेकपा कास्कीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले छिन्न भिन्न अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई दुई पार्टी एकताले नयाँ सन्देश दिएको मात्र नभइ देशलाई समुन्नतितर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

पार्टी एकिकरणका क्रममा बाँकी रहेका केही कामलाई यही २४ गते भित्र टुङ्ग्याइने गरी लागि परेको पनि उहाँले बताउनुभयो ।

वर्तमान सरकारले देशलाई समृद्धिको बाटोमा गतिशिल ढङ्गले अगाडि बढाइरहेको भन्दै अध्यक्ष दाहालले केरुङ काठमाडौ, पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेल मार्गको विस्तृत अध्ययन भएको र यसलाई सफल बनाएर छाड्ने बताउनुभयो ।

पर्यटकीय शहर पोखराको निम्ति यहाँका सम्पूर्ण तालको संरक्षण र सम्वद्र्धनमा विशेष कार्यक्रम आउने तरखरमा रहेको र चक्रपथको आवश्यकतालाई साकार रुप दिने अध्यक्ष दाहालले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले लोकप्रिय नेता रवीन्द्र अधिकारीको गृह जिल्ला फेरि उदाहरणीय बन्नुपर्ने भन्दै सोको लागि विद्या भट्टराईलाई निर्विकल्प उम्मेद्वारको रुपमा पार्टीले अघि सारेको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र सचिव बखानसिंह तमुलगायतले बोल्नुभएको थियो । –रासस