
घोराही, २२ कात्तिक । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजबीच सम्झौता भएको छ । विशेषज्ञ डाक्टर, नर्स आदान प्रदानसहित सबै शैक्षिक कार्यक्रममा एक अर्कामा सहयोग गर्ने गरी दुवै पक्षबीच सम्झौता भइसकेको प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीले बताइन् ।
उनले सम्झौताले यहाँको स्वास्थ्य क्षेत्रलाई माथि उठाउन थप सहज हुने विश्वास व्यक्त गरिन् । उपकुलपति भण्डारीले आफ्नै पहलमा आगामी बैशाखदेखि चलाउने सबै शैक्षिक कार्यक्रमको सहजताका लागि र यहाँका नागरीकहरुलाई विशेषज्ञ सेवाको थप उपलब्धता गराउनका निमित्त चितवन मेडिकल कलेजसंग सम्झौता गरेकी थिइन् ।
प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यकाअनुसार सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर गरेपछि एकअर्कामा आदानप्रदान गरीएको थियो ।
प्रतिष्ठानकी उपकुलपती प्राडा भण्डारी र चितवन मेडिकल कलेजका सिइओ हरिष्चन्द्र न्यौपानेबीच सम्झौतामा हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यो सम्झौताले अब प्रतिष्ठानमा विशेषज्ञ डाक्टरहरु थप्न थप सहज हुने जनाएको छ ।













प्रतिक्रिया