२९ आश्विन २०८३, बिहिबार

सामाजिक सुरक्षा कोषमा योगदान गरेकालाई १ करोडसम्मको ऋण दिने सरकारको तयारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ कात्तिक । सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई सरकारले एक करोडसम्मको ऋण दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शुक्रबार सिंहदरबारमा गैर सरकारी संस्था महासंघ–नेपाल, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गा बापत बढीमा १ करोड र शैक्षिक कर्जा बापत बढिमा ३५ लाख लोन दिने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भइरहेको पनि बताए ।

कार्यक्रममा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी नभएको र प्रचारात्मक अभियानमा पनि ध्यान दिने बताए ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।

त्यस्तै कार्यक्रममा विभिन्न अतिथिले सामाजिक सुरक्षा कोष राम्रो भएको उल्लेख गर्दै प्रभावकारी बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।