२९ आश्विन २०८३, बिहिबार

सिरहामा घाँटीरेटी हत्या गरिएको एक अपरिचित व्यक्तिको शव भेटियो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-महेश सिंह ,
सिरहा, २१ कात्तिक । सिरहा नगरपालिका १२ स्थित कमला नदीको पूर्वी तटबन्धको पूर्वपट्टी विहीबार बिहान एक अपरिचित व्यक्तिको घाटीरेटी हत्या गरिएको अवस्थामा लाश भेटिएको छ ।

सिरहाको कमलानदीको पूर्वपट्टी तटबन्ध भन्दा तल अपरिचित व्यक्तिको अन्दाजी ४५–५० वर्षीय एक पुरुषको घाटीरेटी हत्या गरिएको अवस्थामा लाश फेला परेको स्थानीयहरुले प्रहरीलाई खबर गरी जानकारी गराएका थिए ।

आज बिहान करिब ६७ बजेको समयमा स्थानीयहरु खेतमा काम गर्न गएको बेला अपरिचित व्यक्तिको हत्या गरी फालिएको अवस्थामा लाश हेर्दा प्रहरीलाई खबरपछि प्रहरी घटना स्थलमा पुगेका थिए ।

लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन ।