२८ आश्विन २०८३, बुधबार

आलमकाे बयान सकिएन, भाेलि १० बजेदेखि हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । कांग्रेसका निलम्बित सासंद महम्मद अफताब आलमको बयान मंगलबार सकिएन । १२ वर्ष अघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका आलमको मंगलबार १ बजेदेखि सुरू भएको बयान नसकिएपछि भोलि वुधबार १० बजे हुनेगरी सरेको छ ।

बयान सकिएपछि उनलाई रिहा गर्ने कि थुनामै राखेर थुनछेक बहस गर्ने फैसला हुनेछ ।

बम विस्फोटमा परेर घाइते भएकाहरुलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इट्टाभट्टामा हालेर जलाएको अभियोगमा सरकारी वकिल कार्यालयले सोमबार उनी विरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो ।

निर्मम तरिकाले हत्या गरेको अभियोगमा आलमसहित उनका भाइ महमद महताब आलम , मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साह छन् ।

आलम पक्राउ परेपनि अरू सबै फरार छन् ।

उनीहरूका नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ ।