२९ आश्विन २०८३, बिहिबार

काठमाडौं नेचुरोपेथी अस्पतालमा २० प्रतिशत छुट

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ कात्तिक । अत्याधुनिक सेवा–सुविधासहित स्थापित काठमाडौँ नेचुरोपेथी अस्पतालले बिरामीहरुलाई २० प्रतिशत छुट दिएको छ ।

कात्तिक १ गतेबाट संचालनमा आएको यस अस्पतालले सम्पूर्ण सेवामा एक महिनाका लागि सेवाग्राहीहरुलाई २० प्रतिशत छुटको व्यवस्था गरेको हो । काठमाडौँको बसन्धुरा चोकमा स्थापित यस अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधी नै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो । यस अस्पतालमा औषधीविहीन चिकित्सा पद्दतिहरु प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ ।

अस्पतालका मेडिकल निर्देशक डा. यञ्जन गैह्रेका अनुसार, अस्पतालमा विशेषगरी दीर्घकालिन रोगहरु कम्मर, गर्दन घुँडा दुखाई, प्यारालाइसिस, नशा च्यापिने तथा नशा सम्बन्धी समस्या, बाथ, हड्डी खिइने तथा हाडजोर्नी सम्बन्धी समस्या, पिनास, माइग्रेन, टाउको दुखाइ, तनाव, डिप्रेसन तथा अन्य मानसिक समस्या, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक, पायल्स, कब्जियत, दम, खोकी, महिनावारी गडबडी, मोटपना आदि जस्ता अव्यवस्थित जीवनशैलीका कारण आउने रोगहरुको निदान गरिन्छ ।

अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, भीआइपी आवास कक्ष रहेको काठमाडौँ नेचुरोपेथी अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्ट, नर्सिङ स्टाफ र अन्य अनुभवी जनशक्तिबाट बिरामीको उपचार गरिने अस्पतालले जनाएको छ । बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि यस अस्पतालले व्यवस्थित जीवनशैली क्लिनिक सुरु गरेको छ ।

स्थापनाको आधा महिनामै सेवाग्राहीहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको अस्पतालले जनाएको छ ।