
काठमाडौं, १९ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लागउने बताइएको छ ।
यसअघि आइतबार उपनिर्वाचनका लागि उम्मेदवार छान्न बस्ने भनिएको कांग्रेस बैठक स्थगित भएको थियो ।
कांग्रेस पदाधिकारीलाई उपनिर्वाचनका उम्मेदवार तय गर्ने जिम्मेवारी दिँदै बैठक स्थगित गरिएको थियो ।
बैठकमा कांग्रेसका उपसभापतिहरू विमलेन्ऽ निधि र विजयकुमार गच्छदार उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।
आज पनि एक चरण सम्बन्धित जिल्लाका केन्ऽीय सदस्यसाग पदाधिकारीले छलफल गरेपछि मात्र उम्मेदवारको टुंगो लगाइने नेताहरुले बताएका छन् ।











प्रतिक्रिया