काठमाडाैं, १९ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपनिर्वाचन र जिल्ला तहसम्मकाे अधिवेशनबारे छलफल गर्न अध्यक्षमण्डलको बैठक बाेलाएकाे छ ।
पार्टी मुख्यालय बबरमहलमा साेमबार बस्ने बैठकले आसन्न मंसिर १४ को उपनिर्वाचनका लागि उम्मेदवार पनि तय गर्नेछ ।
आजै ५२ पर्यवेक्षकले जिल्ला जिल्लामा तदर्थ समिति गठन गर्ने प्रक्रिया शुरु गर्ने महासचिव केशब झाले जानकारी दिए ।
राजपाले २४ कात्तिकमा वडा, २६कात्तिकमा पालिका, २८ कात्तिकमा प्रदेशसभा र प्रतिनिधि सभा अन्तर्गत अधिवेशन आह्वान गरेको छ । कात्तिक ३० मा जिल्ला अधिवेशन गर्ने तयारी राजपाले गरेको छ ।











प्रतिक्रिया