
इटहरी, १८ कात्तिक । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताएका छन् ।
इटहरी १६ कान्छीचौक देखि वडहरा, डकाहा, पटेरुवा हुँदै जनसहयोग स्कुल जोडने वाटोको कालोपत्रे सडक निर्माण शिल्यान्यास गर्दै त्यसो भनेका हुन् ।
इटहरीको गौरवका योजनाका रुपमा संचालित वहुवर्षे योजना अन्र्तगत यहि आर्थिक वर्षमा कालोपत्रे भइसक्ने ११ सडक मध्ये यो एक हो ।
११ सडक निर्माण भइसक्दा करिव ३० किलोमिटर वाटो कालोपत्रे हुने छ । प्रमुख चौधरीले पाँच वर्षे कार्यकालमा ५० किलोमिटर बढी सडक कालोपत्रे गर्ने योजना रहेको सुनाए । पाँच वर्षभित्रमा गाँउका मुख्य बाटोहरु कालोपत्रे भइसक्ने उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा भइरहेको विकासमा नो कमिसन,नो करप्सनको नीति अवलम्वन गरिएको बताइन् ।
उनले गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन गाँउ गाँउका सडक कालोपत्रे गर्ने वहुवर्षीय योजना संचालन गरिएको जानकारी दिइन् ।
उनले बहुवर्षे योजना अन्र्तगत ११ वटा ग्रामिण सडक कालोपत्रे भइसकेपछि नगरवस संचालन गरेर गाँउ गाउका वासिन्दामा यातायातको सहज पहुँच पुर्याउने बताइन् । आफूहरु जनप्रतिनिधि भएयता बनेका सडकहरु गुणस्तरीय बनेको उनको दावी छ ।

कार्यक्रमलाई इटहरी १९का वडाध्यक्ष श्री नारायण चौधरी,१८ का वडाध्यक्ष रामकुमार चौधरी र २०का वडाध्यक्ष मणीराज श्रेष्ठले सम्बोधन गर्दै तीन वटा वडा जोडने यो मुल वाटो कालोपत्रे भएपछि ग्रामिण जनताले विकासको अनुभूति गर्ने बताए ।
इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले करिव साढे छ किलोमिटर सडक निर्माण २०७७ मंसीर २९ गतेभन्दा एक दिन पनि पछि नजाने बताए । निर्माण कम्पनीका प्रतिनिधि सरोज वस्नेतले असार सम्ममै निर्माण सक्ने गरि काम हुने प्रतिवद्धता जनाए ।
इटहरीमा चालु आर्थिक बर्षमा यो समेत चार वटा वहुवर्षे सडक शिल्यान्यास गरिसकिएको छ । अरु सात सडक पनि चाडै शिल्यान्यास गरिदै छ ।













प्रतिक्रिया