
काठमाडाैं, १८ कात्तिक । सुनकोसी नदीमा यात्रुबाहक बस खस्दा मृत्यु भएका १८ जनामध्ये दोलखा जिल्लाका १५ जना परेका छन् जसमा शैलुङ गाउँपालिकाका मात्र १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको शोकमा सोमबार शैलुङ गाउँपालिकाले सोमबार विदा दिएको छ।
गाउापालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति प्रकाशित गरी शोक घडीमा एक दिन गाउापालिका भर सार्वजनिक विदा दिने जानकारी दिएका हुन्। ‘यो शोकको घडीमा सिंगो शैलुङ गाउापालिका शोकमा डुबेको छ।’ विज्ञप्तिमा लेखिएको छ। शोकलाई शक्तिमा बदल्नै आग्रह गर्दै गाउापालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन्।’
दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस आइतबार दिउासो चौतारा साागाचोकगढी नगरपालिका(९ को सुकुटेनजिकैबाट नदीमा खस्दा ६ बालबालिकासहित १८ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।











प्रतिक्रिया