
काठमाडाैं, १८ कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा टिकटको बिषयलाई लिएर आज भक्तपुरमा नेकपाको पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा टिकटका बिषयलाई लिएर चाागुका नेता कार्याकर्ताले नेकपाको पार्टी कार्यालयमा बिहान तालाबन्दी गरेका हुन् ।
हिजो बसेको नेकपाको केन्ऽिय सचिवालय बैठकले भक्तपुर क्षेत्र नं १ (क) मा हुने उपनिर्वाचनमा भक्तपुर जिल्ला सचिब देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेसागै पार्टी कार्यालमा तालाबन्दी गर्दै नेता कार्याकर्ताले आक्रोश पोखका हुन् ।
तालाबन्दीमा आएका नेता कार्यकर्ताले नारावाजी गर्दै उक्त उपनिर्वाचन क्षेत्रका कार्यकर्ता र नेताको भावनालाई नसमेटेको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्दै नाराबाजी गरेका थिए ।
बिगतको प्रदेशसभाको निर्वाचनमा नेकपाको तर्फबाट बागी उम्मेद्वार समेत बनेका ढकाललाई उपनिर्वाचनमा केन्ऽले टिकट दिएपछि नेता कार्यकर्ता रुष्ट बनेको बताइएको छ ।
नेकपाले उप निर्वाचन हुन लागेको यो स्थानमा उमेद्वारको लागि रमेश बुढाथोकी,मोहन बिर श्रेष्ठ र नारायणी फुँयाल र डिपी ढकालकको नाम केन्ऽलाई सिफारिस गरेको थियो ।











प्रतिक्रिया