
काठमाडाैं, १८ कात्तिक । हत्या आरोप लागेका कााग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागदाबीसहित रौतहट जिल्ला अदालतमा आज मुद्दा दर्ता हुादैछ ।
प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउासो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।
प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्टसहित आफ्नो राय जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ ।
त्यसमा आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजाया मागदाबी प्रहरीले गरेको छ ।
पहिलो संविधानसभा चुनावताका २७ चैतमा रौतहट क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।
सोही योजनाअनुसार काका शेख इद्रिसकाे गोठमा बम बनाउँदा बनाउँदै विष्फोट भयो ।
सोही विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाालाई इाटाभट्टामा हालेर हत्या गरेको अभियोग आलममाथि लागेको छ ।
उनीहरूका परिवारले किटानी जाहेरी दिएपछि गत असोज २६ गते आलम पक्राउ परेका थिए ।











प्रतिक्रिया