
काठमाडाैं, १८ कात्तिक । आगामी मंसिर १४ का लागि तय उप–निर्वाचनमा गाउँपालिकाका वडाध्यक्ष उम्मेदवारले डेढ लाख रुपैया खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले खर्चसम्बन्धी मापदण्ड बनाउादै गाउापालिकाका वडाध्यक्षको खर्चसीमा डेढ लाख तोकेको हो ।
नगरपालिका वडाध्यक्षका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि २ लाख खर्च गर्न सक्नेछन् । आयोगका अनुसार, उपमहानगरपालिकाका वडाध्यक्षले नगरपालिकाका वडाध्यक्षभन्दा ५० हजार बढी अर्थात् २ लाख ५० हजार चुनावी प्रयोजनमा खर्च गर्न पाउनेछन् ।
आयोगले निर्वाचन प्रचारका लागि उपमहानगरपालिकाका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार र गाउापालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्यले १५ लाख निर्वाचन प्रचारमा खर्च गर्न सक्नेछन् ।











प्रतिक्रिया