काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले बिनाकारण सरकारले प्रदेश प्रमुख हटाएर आफ्नो स्वेच्छाचारिता प्रदर्शन गरेको आरोप लगाएका छन् ।
डा.काेइरालाले सरकारको यो निर्णयले सहकार्यको ढोका बन्द भएको बताए । सरकारले प्रदेश प्रमुख हटाउन सक्ने संवैधानिक प्रावधान भए पनि निर्वाचन आचारसंहिता जारी भएकै बेला निर्णय गर्नुले गम्भीर बनाएको उनले बताए ।
‘चेक एण्ड व्यालेन्स’को सिद्धान्तलाई कुल्चँदै सरकार अधिनायकवादतर्फ अघि बढेको उनको आरोप छ । त्यसकै लागि ‘राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा राख्न सरकार उद्यत बनेको उनको भनाइ छ ।
सरकारको पछिल्लो निर्णयले राजनीतिक सहकार्यको ढोका बन्द गरेको टिप्पणी गर्दै उनले संघीयता असफल बनाएर मुलुकलाई द्वन्द्वमा लैजाने खेल सरकारबाटै भइरहेको बताए ।











प्रतिक्रिया