११ मंसिर २०८३, शुक्रबार

म्याग्दीमा भएको बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै (नामावलीसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । म्याग्दीको मालिका गाउापालिका–७ बिममा आइतबार सााझ यात्रुबाहक बस दुर्घटना हुादा घटनास्थलमा नै मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुादा मालिका गाउापालिका–७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी जिल्ला कालीगण्डकी गाउापालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिएका छन् ।

ँआइतबार सााझ दुर्घटना भएको र रात परेकाले उद्धारमा केही समस्या भयो”, प्रहरी निरीक्षक शर्माले भने । उहााका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ ।

घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी रहेका छन् । उनीहरु दशौ तिहारको बिदा सकिएपछि विद्यालय फर्किएका विद्यार्थी रहेका जनाइएको छ ।

दुर्घटनामा परी घाइते भएका बसका चालक मङ्गला गाउापालिका–१ पैयुपााटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्ऽमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस सडकदेखि करीब २०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।

घाइतेको नामावली

१ मालिका गापा ७ बिमका ६० वर्षीय राजमान दर्जी

२ मालिका ७ बिमका हुमबहादुर जुग्जाली

३ मालिका ७ बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली

४ मालिका ७ बिमकी २६ वर्षीय नरदेवी परियार

५. बेनी नगरपालिका–९ घतानका १६ वर्षीय विसन खत्री

६. बेनी नगरपालिका वडा नम्बर ४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल

७. बाग्लुङ ताराखोला गाउापालिका ५ बस्ने १७ वर्षीय विजय काडेल

८. बेनी नगरपालिका–४ राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल

९. मालिका गाउापालिका–७ का २६ वषीया दिलु शेरपुञ्जा

१०. बिमकीे ६ वषीया कृष्टिना जुग्जाली

११. बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली

१२. बिम बस्ने ६० वर्षीया चन्ऽकली दर्जी

१३. बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली

१४. बिम बस्ने सुरेश जुग्जाली

१५. बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली

१६. धौलागिरि गाउापालिका–३ दर बस्ने १८ वर्षीयाा रिल माया बूढा

१७. बेनी नगरापलिका–३ भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे

१८. मङ्गला गाउापालिका–५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री रहेको छन् ।

-रासस