२८ आश्विन २०८३, बुधबार

दैनिक नेपालको अभियान सार्थक बन्दै, बाँच्न पाउने भए तोकबहादुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Child-health-cancer-victim

जिन्दगीको के भरोसा…. साच्चै नै कर्ण दासको गीतले भने जस्तै जिन्दगीको केही भरोसा छैन । धेरैको जीवनमा नसोचेका दिनहरु आउछँन । अहिले त्यस्तै भएको छ खोटाङ बाम्रााङका १४ बर्षीय तोकबहादुर थापाको ।

कक्षामा सँधै पहिला हुने तोकबहादुर बाँचे एसएलसी टप गर्ने योजनामा छन् । आफू गरिब भएकाले पढेर गरिबहरुको सेवा गर्न डाक्टर बन्ने चाहना बोकेका तोकबहादुर अस्पतालको शैयाबाट भगवानसँग पुकार गरिरहेका छन् ।

तर, कसैले देखेका ती भगवानले त के सुन्छन र ? तर, सुने ती भगवान आत्मरुपीहरु नेपालीहरुले । जो प्रवासमा रहेर पनि नेपाल र नेपालीप्रति उत्तिकै माया गर्छन् ।

दैनिक नेपालमा समाचार पढ्नासाथ तोकबहादुरलाई बचाउने अभियानमा लागेका पत्रकार विकास न्यौपानेले अहिलेसम्म ६५०० सय डलर (६ लाख रुपैंया भन्दा बढी) संकलन गरिसकेका छन् । पत्रकार न्यौपानको अनुसार, रकम संकलन हुने क्रम अहिले पनि जारी छ ।