२८ आश्विन २०८३, बुधबार

मन्त्रिपरिषद बैठक साेमबार ११ बजे बस्ने, सातै प्रदेश प्रमुख ताेकिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । मन्त्रिपरिषद् बैठक सोमबारका लागि सरेको छ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले गर्दा सोमबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् ।

भोलिको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रमुख नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

यसअघि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।