
काठमाडौँ, १७ कात्तिक । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा २ ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो । उनका अनुसार केही शव खोलाले बगाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।













प्रतिक्रिया