२८ आश्विन २०८३, बुधबार

लावस पाठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने दम्पती पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगारका लागि लावस पाठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ का ५० वर्षीय विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ्लाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि आकार्षक वैदेशिक रोजगारको प्रलोभन देखाउँदै रकम असुल गरेर भारतको दिल्लीसम्म लगेर अलपत्र पारेको आरोप लागेको छ ।

उनीहरुले २४ लाख २० हजार रुपैयाँ उठाएर ठगी गरेका थिए । रामेछाप नगरपालिका ६ ओखे्रनी बस्ने नविन कुमार तामाङसहित ४ जनाले थिङ् दम्पतीविरुद्ध जाहेरी दिएका थिए ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।