२८ आश्विन २०८३, बुधबार

हामीलाई भेटी होइन सम्पति संरक्षण गरेर खुशी बनाउनुस् : मन्त्री अर्याल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भेटी नभएर गुठी संस्थानको सम्पत्ति संरक्षण गरेर खुशी बनाउन आग्रह गरेकी छन् । गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले गुठीको जग्गा बचाएर, सुशासन कायम गराएर मन्त्रालयलाई खुशी गराउन गुठी संस्थानका नेतृत्वलाई निर्देशन दिइन् । ‘कसैको भेटीबाट यो मन्त्रालय खुशी कुनै भेटी चढाएर गराउनुपर्दैन ।

कँही सुनिन्छ’ माथि दिनुपर्छ कहाँ हो माथि दिने ? च्याप्प समाएर ल्याउनुस्’, मन्त्री अर्यालले भनिन्, ‘हाम्रो भावना तपाइहरूले बुझ्नुभएको छ हाम्रो टिम सुशासनका निम्ती प्रतिबद्ध भएर लागेको छ । गुठी संस्थान हिजोको होइन अब समयानुकुल प्रतिबद्ध भएर लाग्ने हो ।’

मन्त्री अर्यालले गुठियाराहरूको भावनामा चोट नपुगोस् भन्ने कुरामा मन्त्रालय संवेदनशील भएको भन्दै गुठियारालाई देखाएर व्यक्तिको नीजि स्वार्थलाई पुरा गर्न लाग्ने तत्वप्रति भने मन्त्रालय होसियार रहेको बताइन् ।

सबै धर्म संस्कृति राज्यको नजरमा समान छन् है भन्ने कुरा संविधानमा लेखेपछि त्यसकै बाटोमा राज्य अहिले हिँडिरहेको भन्दै गुठी संस्थानको अझ बढी जिम्मेवारी रहेको बताइन् ।

संस्थान धर्म, संस्कृति, सम्पत्ति संरक्षणकै निम्ती गठन भएको भन्दै उनले त्यसकारण बढी जिम्मेवारी संस्थानकै हुने बताइन् ।

आजसम्मका कामको समिक्षा गरेर एउटा निष्कर्ष निकालेर अगाडी बढ्न संस्थानको नेतृत्वलाई निर्देशन दिँदै मन्त्री अर्यालले संस्थानबाट सम्पादन भएका काम कति पुरा भए कति भएनन् भनेर आत्मसमिक्षा गरेर अगाडी बढ्न निर्देशन दिइन् ।

संस्थानको कार्यक्षेत्रका अस्तव्यस्तता, सुशासनसँग जोडिएका विषयहरू हेर्दा चिन्ता लाग्ने अवस्था रहेको भन्दै उनले नेतृत्वले काम बेस्सरी गरेका छौ भन्दा पनि जनमानसले विश्वासै गर्ने अवस्था नबनेको बताइन् ।

संस्थान गठन भएको ५५ वर्ष पुरा हुँदासमेत गुठीको सम्पत्ति यति हो भनेर भन्न नसक्नु दुखद अवस्था रहेको भन्दै मन्त्री अर्यालले चिन्ता व्यक्त गरिन् ।’

नेपालमा सबैभन्दा बढी सम्पत्ति भएको संस्था गुठी संस्थान नै हो । यो गठन भएको ५५ वर्ष पुरा भएको छ तर आजसम्म हाम्रो सम्पत्ति हाम्रो जग्गा यति छ भनेर यकिन गर्न सकेनौँ’, उनले भनिन्, ‘कहाँ कहाँ कति कति मिचियो ? कति मिचियो त्यसको बारेमा कुनै रेकर्ड छैन । अब कित्ताअनुसार रेकर्ड । कित्ता छुट्याएर राख्ने, व्यवहारमा कार्यान्वयन गर्ने गरी लाग्नुस् ।’

गुठी भावनासँग जोडिएको कुरा भएको भन्दै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने दायित्व गुठी संस्थान सम्हालेर बसेकाहरूको भएको बताइन् ।

सुशासनका विषयलाई लिएर धेरै प्रश्न उठेको भन्दै उनले गुठी जग्गाको संरक्षणका निम्ती खटाकइएका महन्ठहरू नै गुठीको जग्गा मास्न लागे भनेर मन्त्रालयमा उजुरी आएको बताइन् । यस विषयमा मन्त्रालयले छानबिन गरिरहेको भन्दै मन्त्री अर्यालले गुठी संस्थानलाई पनि अनुसन्धान गर्न आग्रह गरिन् ।

‘तपाइले नियुक्त गरेका व्यक्ति गुठीको जमिन मास्न, बेच्न, चलखेल गर्न लागेका छन् भने त्यो कुरामा संस्थान जिम्मेवार, गम्भिर, चिन्तित हुनुपर्छ’, मन्त्री अर्यालले भनिन् ।