काठमाडौँ, १५ फागुन । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा (माओवादी) आन्दोलनका बारेमा द्विविधामा रहेको जिकिर गर्नुभएको छ ।
तेत्तीस दलीय मोर्चाले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादीसहितको ३० दलीय मोर्चा आन्दोलनलाई सामूहिक सौदाबाजीको माध्यम बनाउने कि निर्णायक बनाउने भन्नेमा दोधारमा रहेको बताउनुभयो ।
जतिसुकै विरोध भए पनि प्रक्रियाबाटै संविधान लेख्ने मनस्थितिमा सत्तारुढ दल रहेको उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले अग्रगमनकारी शक्ति र पश्चगामी शक्तिबीच टकरावको स्थिति आएको बताउँदै अग्रगमनका पक्षमा निर्णायक आन्दोलन गर्नुको विकल्प नरहेकोमा जोड दिनुभयो ।
















प्रतिक्रिया