
भक्तपुर, १७ कात्तिक । ११ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ६ घलाते बस्ने काभ्रे रोशी घर भएका ३२ वर्षीय बुद्ध लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया