२८ आश्विन २०८३, बुधबार

निर्माणाधीन भवनबाट खस्दा एकजनाकाे मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १७ कात्तिक । दाङको घोराही उपमहानगरपालिका ३ स्थित सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने एकजना मजदुरको भवनबाट खसेर मृत्यु भएको छ ।

निर्माणाधीन भवनको फर्मा बनाउने क्रममा खसेर ४५ वर्षीय भारतीय मजदुर रमेश कुमार पटेलको टाउको चोट लागेको थियो ।

उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत विनोद विक्रम शाहले जनाएका छन् ।