११ मंसिर २०८३, शुक्रबार

पाँच महिनापछि बल्ल टुंगियो युवा संघको एकता,यस्ताे छ जिल्लाकाे नेतृत्वकाे भागबण्डा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले केन्द्रमा एकता भएको पाँच महिनापछि सबै जिल्ला कमिटीको एकीकरण टुंगो लगाएको छ ।

संघको शनिबार बसेको बैठकले भागबण्डाका आधारमा एकीकरण टुंगो लगाएको हो ।

७७ जिल्ला मध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र माओवादी निकट वाईसीएलले ३५ जिल्ला अध्यक्ष पाउने गरी भागबण्डा टुंग्याएको हो ।

एउटाले अध्यक्ष पाएको ठाउामा अर्को इन्चार्ज रहने प्रावधान पनि सहमतिमा जुटाइएको छ । यसआधारमा ४२ मा तत्कालीन माओवादी निकट वाईसीएलले इन्चार्ज पाएको छ भने एमाले निकट युवा संघले ३५ जिल्ला इन्चार्ज पाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै युवा संघले एकताको काम सकिएको जनाएको हो ।