
काठमाडौं, १७ कात्तिक । भारतको नयाँ दिल्लीको नरेलामा शुक्रबार साँझ एक ६ वर्षे बच्चाको शव भेटिएको छ ।
उनको घरमा नै घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएकाे थियाे । उनका हत्याराले हत्यापछि घरको एउटा कुनामा शव फालेर फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
ती बच्चाको परिवारले शुक्रबार नै प्रहरीलाई आफ्नो ६ वर्षको छोरा गायब भएको खबर गरेका थिए ।
प्रहरीले खोज्ने क्रममा ती बालकको शव घरकै बाहिरी कुनामा राखिएको भेटेको हो ।















प्रतिक्रिया