
काठमाडौं, १७ कात्तिक । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवारको टुंगो लगाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
कास्की, भक्तपुर, दाङ र बाग्लुङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि उमेदवारको अन्तिम टुंगो लगाउन आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाइएको हो ।
दिउँसो ३ वजेका लागि पदाधिकारी बैठक बोलाइएको बताइएको छ । उमेदवार चयनका लागि बस्न गइरहेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्ऽ पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यका रुपमा बोलाइएको छ ।
गत शुक्रबार बसेको कांग्रेस केन्ऽीय कार्यसमिति बैठकले आशन्न उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको थियो ।
बैठकले उमेदवार चयनका लागि बस्ने पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने पनि निर्णय गरेको थियो ।
कांग्रेसले उपनिर्वाचन भइरहेका चारवटै जिल्ला कार्यसमितिलाई समावेशी सिद्धान्तका आधारमा तीन जना आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गरेको थियो ।











प्रतिक्रिया