
काठमाडौं, १७ कात्तिक । जनगायक जीवन शर्माका छोरा अमृतको उपचारको सहयोगका लागि प्रदेश १ का युवा नेता जीवन आचार्यसहितको टोलीले देउसी भैलोबाट उठेको रकम सहयोग गरेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा घाँटीको जटिल समस्याको उपचार गराइरहेका अमृतको उपचारमा सहयोग होस् भनेर ३० हजार रुपैंया सहयोग गर्न लागिएको युवा नेता आचार्यले बताए ।
तिहारमा पूर्वका विभिन्न स्थानमा खेलिएको देउसी भैलोबाट जम्मा भएको रकम अमृतको उपचारका लागि पठाउन लागिएको नेकपा सुनसरी सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष मदन चुडालले जानकारी दिए ।
तिहारका बेला आचार्यसहित चुडाल, जीवी गजललगायतका नेकपाका इटहरी तथा सुनसरीका युवा नेता कार्यकर्ताले देउसी भैलो खेल्दा उक्त रकम जम्मा भएको थियो ।











प्रतिक्रिया