२८ आश्विन २०८३, बुधबार

कास्की २ मा नेकपाले रवीन्द्र पत्नी विद्या भट्टराईलाई नै उठाउने निश्चित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवारमा रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उठाउने अन्तिम निर्णय गरेको छ ।

भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो ।

गण्डकी अञ्चलले तीनजनाको नाम सिफारिस गरे पनि केन्द्रले जिल्ला कमिटीकै सिफारिस सदर गरेको जनाइएको छ ।

उम्मेदवारको टुंगो लागिसकेको भएपनि औपचारिक घोषणा आइतबारको सचिवालय बैठकपछि गरिने स्रोतले जनाएको छ । यद्यपि नेकपाले सबै क्षेत्रको उम्मेदवारको टुंगो भने आइतबार बस्ने सचिवालय बैठकले लगाउने जनाएको छ ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।